पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, चार जना विद्यार्थी पक्राउ


२८ बैशाख २०७७, आईतवार १५:५९ मा प्रकाशित

पोखरा । लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ ।

पुत्ला दहन गर्ने चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षितिज सापकोटा, विशाल तामाङ, विनय अधिकारी र मिलन सुवेदी रहेका छन् । सापकोटा अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् भने अरू जिल्ला तहका नेता हुन् ।

राष्ट्रिय स्वाधीनताका लागि आत्मसमर्पणवादको विरोध गर्दा प्रहरीले गिरफ्तार गरेको सापकोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here