आफन्तलाई अश्लिल भिडियो पठाएर आत्यमहत्या गर्न बाध्य पर्ने युवक पक्राउ


२८ बैशाख २०७७, आईतवार १४:०९ मा प्रकाशित

धनगढी । आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाइ आत्महत्या गर्न बाध्य पारेको आरोपमा कैलाली प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ घर भएका २३ वर्षीय सन्तराम चौधरी छन् । प्रहरीका अनुसार उनले कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर घर भएकी १९ वर्षीया लक्ष्मी देउवाको फेसबूक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लिल भिडियो तथा फोटोहरु पठाएका थिए ।

चौधरीले फेसबूकबाट अश्लिल भिडियो पठाएपछि लक्ष्मी आत्महत्या गर्न बाध्य भएकी थिइन् । लक्ष्मीको शव कैलालीको धनगढी उपमहानरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले लक्ष्मीले आत्महत्या गरेको घटनाको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट एउटा मोबाइल समेत बरामद गरेको छ । जसमा लक्ष्मी देउवाको नाममा फेसबूक बनाइ उनको अनुहार जोडिएका अश्लिल फोटो तथा भिडियोहरु फेला परेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here