प्रहरीमाथि हातपात गर्ने चिनियाँलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्ने


२८ बैशाख २०७७, आईतवार १६:१२ मा प्रकाशित

काठमाडौं । सिंहदरबारमा धर्ना दिने क्रममा प्रहरीमाथि हातपात गर्नेमध्ये ४ चिनियाँमाथि अनुसन्धानका लागि प्रहरीले १० दिन थुनामा राख्ने अनुमति पाएको छ ।

धर्नाका क्रममा पक्राउ परेकामध्ये ४ चिनियाँविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएका उनीहरुलाई १० दिन थुनामा राख्न अनुमति मिलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

घर फर्किन पर्ने माग राख्दै गत शुक्रबार सिंहदरबार गेट अगाडि धर्ना दिन पुगेका चिनियाँहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

निषेधित क्षेत्रमा प्रवेश गर्ने क्रममा रोकेपछि उनीहरुले प्रहरीमाथि हातपात गरेको थियो । प्रहरीले सिंहदरबार गेट अगाडिबाट ३५ जनाभन्दा बढीलाई पक्राउ गरेको थियो । तर, ४ जनाविरुद्ध मात्रै अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here