अन्तर्राष्‍ट्रिय मुद्रा कोषद्वारा नेपाललाई २६ अर्ब सहयोग


२६ बैशाख २०७७, शुक्रबार ११:२१ मा प्रकाशित

काठमाडौं । अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई करिब २६ अर्ब रूपैयाँ (२१ करोड ४० लाख अमेरिकी डलर) दिने भएको छ।

२४ वैशाखमा बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले नेपाललाई कोभिड–१९ महामारीले प्रभाव पारेको क्षेत्रमा खर्च गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

उक्त रकमले नेपालको भुक्तानी सन्तुलनमा सहयोग गर्ने अपेक्षा अन्तर्राष्‍ट्रिय मुद्रा कोषको छ।

नेपाल सरकारले स्वास्थ्य खर्च बढाउन, वित्तीय प्रणालीमा पर्याप्त तरलता सुनिश्चित गर्न, ऋणको पहुँचमा सहज बनाउनका लागि अन्तर्राष्‍ट्रिय सहयोगी निकायहरूसँग आर्थिक सहायता माग गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here