कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १७ हजारबढी संक्रमित


२६ बैशाख २०७७, शुक्रबार ११:१५ मा प्रकाशित

काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान सम्म ३९ लाख १७ हजार ९४४ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १३ लाख ४० हजार ५६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख १ हजार ४०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५ लाख ५३ हजार ६९९ पुगेको छ । एकै दिन २८ हजार ७५९ जनामा नयाँ संक्रमण देखिएको छ ।

युरोपका देशहरुमा अहिलेसम्म १ लाख ४८ हजार ४६१ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ८३० जनाको मृत्यु भएको छ ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार २०५ पुगेको छ । एकैदिन ३९९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ८०८ पुगेको छ । एकैदिन ३२ हजार ९०७ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८४ हजार ९३८ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार २३१ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ६६ हजार ८४२ पुगेको छ । मृतकको संख्या १३ हजार ५३२ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here