कोरोनाकैबीच आजदेखि सुरु हुँदै संसदको बजेट अधिवेशन


२६ बैशाख २०७७, शुक्रबार १०:२३ मा प्रकाशित

काठमाडौं । आजदेखि संसदको बजेट अधिवेशन शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दुरी कायम गरी बैठक बस्ने व्यवस्था मिलाइएको छ । सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ ।

यसका लागि हिजो दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् ।

जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भएरनभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ भन त्यस अगाडि पूर्व बजेट छलफल गर्नपर्ने भएकाले कोरोनाको जोखिमकै बीचमा पनि बैठक सञ्चालन गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here