विप्लव समूहका नेता अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ सूर्योदय संवाददाता २३ बैशाख २०७७, मंगलवार १४:२२ मा प्रकाशित चितवन । नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् । चितवन घर भएका नेता शर्माभर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।