संघीय संसदका महासचिव गौतमद्वारा पद तथा गोपनियताको शपथ ग्रहण


२३ बैशाख २०७७, मंगलवार १४:१४ मा प्रकाशित

काठमाडौं । संघीय संसदको महासचिवमा नियुक्त भएका डा भरतराज गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

महासचिव गौतमले मंगलबार सभामुख अग्नि सापकोटा समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा गौतमलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेकी थिइन् ।

महासचिव गौतमको शपथ ग्रहण समारोहमा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय नेता, सचेतक र संसदीय समितिका सभापतिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here