कोरोनाको संक्रमण बढेपछि जापानमा मे ३१ सम्म राष्ट्रव्यापी संकटकाल


२३ बैशाख २०७७, मंगलवार १३:३२ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापानमा लगाइएको राष्ट्रव्यापी संकटकाल थप तीन साताका लागि बढाइएको छ ।

जापानमा गत अप्रिल ७ देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय संकटकाल अप्रिल १६ मा देशव्यापी बनाइएको थियो । आजदेखि संकटकाल समाप्त हुँदै गर्दा जापानले संकटकाल आउँदो मे ३१ सम्मै कायम रहने जापानी प्रधानमन्त्री सिन्जो आवले घोषणा गरे ।

आवेका अनुसार अर्को सूचना नभएसम्म संकटकाललाई खुकुलो पारिने छैन । कोरोनाभाइरसविरूद्धको लडाईंका लागि आगामी कदम तयार पार्न संकटकाल बढाइएको उनले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको बढी समस्या रहेका टोकियो, ओसाकासहित १३ वटै प्रशासनिक क्षेत्रमा विशेष सावधानी अपनाउन पनि उनले आग्रह गरेका छन् । संकटकाल लम्व्याउने निर्णयलाई चिकित्सा क्षेत्रका विशेषज्ञहरूको सल्लाहाकार समितिले सोमबार बिहान अनुमोदन गरेको थियो ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले ५३६ जनाको मृत्यु भएको छ भने १५ हजार ७८ जना संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here