बिर्तामोडमा ‘डिसइन्फेक्सन टनेल’ जडान


२१ बैशाख २०७७, आईतवार २०:०४ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा ‘डिसइन्फेक्सन टनेल’ जडान गरिएको छ ।

जिल्लाको विभिन्न स्थानमा जडान गरिएको टनेल बिर्तामोडको मुक्तीचोकमा पनि जडान गरीएको हो । मनषा थाईफुड (मगमग चाउचाउ) को प्रायोजन र मेची अभियानको प्राविधिक सहयोगमा निर्मित टनेल आजबाट सर्वसाधारण सबैले प्रयोग गर्न मिल्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा अगाडि राखिएको छ ।

कोरोना भाइरस संक्रमण रोक्ने उदेश्यले टनेल जडान गरेको अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here