धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जनालाई आफ्न्तको जिम्मा लगाइयो


२१ बैशाख २०७७, आईतवार १९:५५ मा प्रकाशित

झापा । झापाको मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जनालाई आइतबार क्वारेन्टाइनबाट आफ्न्तको जिम्मा लगाईएको छ ।

क्वारेन्टाइनमा रहेका नौ जनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले त्यहाँ रहेका ९ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।

स्वास्थ्यकर्मीको टोलीले उनीहरुसहित आइतबार नगरका विभिन्न वडाका १२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताए । यसैगरी नगरको वडानम्बर २ र ४ को ८ जनाको पोलिमिरेस चेन रियाक्सन पीसीआर माध्यमबाट थ्रोड स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

यसैगरी वडानम्बर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयमा रहेका ४६ जना भारतीय नागरिकमध्ये ४३ जनाको स्क्रिनिङ र ३ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ ।

शाखा संयोजक राईको नेतृत्वमा ल्याब टेक्निसियन टीकाराम ढकाल, ल्याब असिष्टेन्ट अनिमा राजवंशीले आरडिटी विधिबाट स्वास्थ्य कार्यालय झापाका महामरी रोग फोकल पर्सन जीवन चौलागाई सहितको स्वास्थ्यकर्मीहरुको टोलीले पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोड स्वाब संकलन गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here