झापा कोरोना अपडेटः हाल सम्ममा ११ सय ९३ जनाको परिक्षण


२० बैशाख २०७७, शनिबार २०:०७ मा प्रकाशित

झापा । झापामा हाल सम्ममा ११ सय ९३ जनामा कोरोना भाइरस परिक्षण गरिएको छ ।

जसमध्ये पिसिआर विधिबाट २ सय ८४ जना र आरडिटि विधिबाट ९ सय ९ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । पिसिआर विधिबाट परिक्षण गर्नेमा ७९ जना महिला रहेका छन् भने २ सय ५ जना पुरुष रहेका छन् । त्यस्तै १ सय ५० जना महिला र ७ सय ५९ जना पुरुषमा आरडिटि परिक्षण गरिएको छ ।

जिल्लामा हालसम्म २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितहरु दमक नगरपालिका ३ का ६२ वर्षीय १ पुरुष र बाह्रदशी गाउँपालिका ४ का ५० वर्षीय १ पुरुष रहेकोका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म मेचीनगर नगरपालिकामा २ सय ६ जना, भद्रपरमा १ सय ६ जना, झापा गाउँपालिकामा १७ जना, कनकाई नगरपालिकामा १ सय २६ जना र दमक नगरपालिकामा २ सय ५७ जनाको कोरोना परिक्षण गरिएको छ ।

त्यस्तै विर्तामोड नगरपालिकामा ७३ जना, गौरीगञ्ज नगरपालिकामा ५३ जना, गौरादह नगरपालिकामा २४ जना, हल्दिबारी गाउँपालिकामा १ सय ४ जना, कमल गााउँपालिकामा ३६ जना, अर्जुनधारा नगरपालिकामा २९ जना, शिवसताक्षी नगरपालिकामा २१ जना, बाह्रदशी गाउँपालिकामा ९६ जना, बुद्दशान्ती गाउँपालिकामा १८ जना र कचनकवल गाउँपालिकामा २७ जना गरी जम्मा ११ सय ९३ जनामा कोरोना भाइरस परिक्षण गरिएको छ ।

परिक्षण गरिएको मध्ये ५२ जनाको पिसिआर रिर्पोट आउन बाकीँ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here