पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव


१८ बैशाख २०७७, बिहीबार ०९:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । त्यस्तै माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

एक सचिवालय सदस्यका अनुसार, प्रधानमन्त्री ओलीले कोरोना महामारी पछाडि नेता नेपाललाई अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका हुन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते सचिवालय बैठक बस्नेछ । २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here