रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीलाई मन्त्रालयले सोध्यो प्रष्टिकरण


१६ बैशाख २०७७, मंगलवार १७:५६ मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीसँग प्रष्टिकरण सोधेको छ ।

सोमबार बिहान जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै स्पष्टिकरण सोधेको हो ।

कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको छ । अन्तरवार्ताका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुर, पंगु, अभिनायवादी जस्ता शब्द प्रयोग गरेर कटाक्ष गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here