नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता सुरु


१६ बैशाख २०७७, मंगलवार १३:५८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

दुई नेताबीच पार्टीको बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ । नेकपामा मंगलबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म बस्ने नबस्ने अन्यौल कायमै छ । अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु बैठक बोलाउने पक्षमा छन् तर प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ ।

यस्तै स्थायी कमिटीका २० नेताले लिखित रुपमा नै स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here