नेपालकी दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज


६ बैशाख २०७७, शनिबार १४:२३ मा प्रकाशित

काठमाडौं । नेपालकी दोस्रो कोरोना भाइरस संक्रमित १९ वर्षीया युवती निको भएकी छिन् ।

निको भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई शनिवार डिस्चार्ज गरेको हो । फ्रान्सबाट कतारको दोहहा हृँदै चैत्र चार गते नेपाल आएकी उनमा १० गते कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

आफू पूर्ण निको भएर फर्किएको र आफ्नो उपचारम संलग्न चिकित्सकलाई पनि धन्यवाद दिएकी थिइन् ।

मैतिदेवी घर भएकी उनी आएको जहाजमा सवार अन्य दुई जनामा पनि कोरोना देखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ जसमध्ये उनीसहित दुई जना निको भएका छन् । यसअघि चीनबाट आएका एक पुरुष निको भइर घर गइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here