आरडीटी रिर्पोट पोजेटीभ भेटीएका झापाका यूवाको पिसिआर भने नेगेटीभ


४ बैशाख २०७७, बिहीबार १३:२३ मा प्रकाशित

झापा । झापाको हल्दीबारीमा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण रिर्पोट पोजेटीभ भेटीएका एक यूवाको स्वाब परिक्षण रिर्पोट (पिसिआर) नेगेटीभ आएको छ ।

हल्दीबारीका ३९ बर्षीय टेकेन्द्र श्रेष्ठको कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको हो ।

यसअघि हिजो हल्दीबारी गाउँपालिकामा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणमा उनको रिर्पोट पोजेटीभ देखिएको थियो ।

कोरोना भाइरस संक्रमण भए नभएको यकिन गर्न उनको कोशी अस्पतालमा स्वाब परिक्षण गरिएको हो ।

यस्तै हल्दीबारी गाउँपालिकाबाट हिजै स्वाब परिक्षणका लागि २१ जनाको नमुना कोशी अस्पताल पठाइएको थियो ।

उनिहरु सबैको रिर्पोट नेगेटीभ आएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ र्पोतेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here