र्‍यापिड टेस्टमा कोरोनाको संकेत देखिएका चितवनका ब्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ


४ बैशाख २०७७, बिहीबार १२:५३ मा प्रकाशित

भरतपुर । र्‍यापिड डायग्नोस्टिक परीक्षण (आरडीटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिए ।

गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्‍यापिड डायग्नोस्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here