चितवन कारागारमा एक कैदीको मृत्यु


४ बैशाख २०७७, बिहीबार १२:०९ मा प्रकाशित

भरतपुर । कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले ६ वर्ष कैद र १० हजार जरिवाना तोकेका कुर्मीको बुधबार राति मृत्यु भएको हो । अर्बुदरोगका कारण कुर्मीलाई विसं २०७४ वैशाख १६ गते कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंबाट चितवन पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here