इटलीबाट आएकी महिलामा एन्टीबडी पोजेटिभ, डाक्टर सहित ३ जना क्वारेन्टाइनमा


४ बैशाख २०७७, बिहीबार ११:४८ मा प्रकाशित

काठमाडौं । इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ ।

उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण सुरु गरेको थियो । त्यसक्रममा उनी आफैं जाँच गराउन आइपुगेकी थिइन् ।

चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ । बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

र्‍यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । मेयर उद्धवप्रसाद खरेलका अनुसार स्थानीय तहले विदेशबाट आएकाहरुलाई सूचीकृत गर्न भनेको थियो । तर धेरैले नगरेको पाइएको छ । अहिले र्‍यापिड टेष्टका क्रममा भने उनीहरु सम्पर्कमा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here