झापामा एक युवकलाई आरडिटी पोजेटिभ


३ बैशाख २०७७, बुधबार २१:२८ मा प्रकाशित

भद्रपुर । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा झापामा एक युवकलाई पोजेटिभ देखिएको छ। झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा पाेजेटिभ देखिएकाे प्रदेश १का सामाजिक विकास मन्त्री जिवन घिमिरेले जानकारी दिए ।

होम क्वारेन्टाइनमा बसेका ती युवकको स्वास्थ्य शाखा हल्दिबारीको टोलीले बुधबार आरडिटी स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ। ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्।

गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट आएका ४८ जनाको आरडिटी परीक्षण गरिएको छ। त्यसमध्ये ११ जनाको स्वाब थप परीक्षणका लागि पठाइएको जनाइएको छ। यता हल्दिबारी २ का दुई जनालाई उच्च ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा बुधबार भर्ना गरिएको छ।उनीहरू नातामा श्रीमान् श्रीमती रहेको जनाइएको छ।दुवै जना करिब डेढ महिनाअघि भारत पुगेर आएका थिए। उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि विराटनगर पठाइएको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here