गोरखा । बहराइनबाट फर्किएका गोरखाका एक युवकको र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) विधिबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा गरिएको र्यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालले जानकारी दिए ।





