सार्क राष्ट्रमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ३३५ जना पुग्यो


२८ चैत्र २०७६, शुक्रबार ११:५७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा ३३५ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा २२७, पाकिस्तानमा ६५, बंगलादेशमा २१, अफगानिस्तामा १५ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ३३५ पुगेको हो ।

माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान भने गएको छैन ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ ।

कोरोनाका कारण एसियामै सबैभन्दा धेरै ज्यान गुमाउनेको सूचीको पाँचौं स्थानमा भारत रहेको छ ।

एसियाली मुलुकमध्ये सबैभन्दा बढी इरानमा कोरोनाका कारण ४ हजार १ सय १० जनाले ज्यान गुमाएका छन् । दोस्रोमा चीनमा ३ हजार ३ सय ३५ को मृत्यु भएको छ । तेस्रोमा रहेको टर्कीमा ९०८ जना, चौथोमा इन्डोनेसियामा २८० जना र पाँचौमा रहेको भारतमा २२७ जनाको मृत्यू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here