नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त


२४ चैत्र २०७६, सोमबार १९:०० मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई नयाँ गभर्नर नियुक्त गर्ने निर्णय लिएको हो । राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर अधिकारीले सिफारिस भएका चिन्तामणि शिवाकोटी र डा. राजन खनाललाई पछि पारेका हुन् ।

अधिकारी राष्ट्र बैंकको भगर्नरकारुपमा आगामी ५ वर्षसम्म रहनेछन् । आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी डा. चिरञ्जीवी नेपालले चैत ४ गते राष्ट्र बैंकबाट बिदा लिएपछि उक्त पद खाली थियो । नयाँ गभर्नर चयन गर्न मन्त्रिपरिषद्ले गत चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here