प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने


२४ चैत्र २०७६, सोमबार २०:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् ।प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने जनाइए पनि समय भने तय नभएको स्रोतले जनाएको छ ।यसअघि प्रधानमन्त्रीले आजै देशवासीका नाममा सम्बोधन गर्ने बताइएको थियो।

लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए ।कोरोना कारण मुलुकमा लकडाउन गरिएसँगै सरकारले प्रत्यक्ष असर पुर्‍याएकाहरुलाई राहतको प्याकेजको पनि घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here