काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले यसअघि १० चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । त्यसलाई फेरि बढाएर २५ चैतसम्म पुर्याइएको थियो ।
त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।





