माल्टा । युरोपियन मुलुक माल्टामा नेपाल भ्रमण वर्ष २०२०को औपचारिक शुभारम्भ भएको छ ।राजधानी भालेत्तास्थित ट्रिटन फाउन्टेनमा एक औपाचारिक कार्यक्रमका विच भ्रमण वर्षको शुभारम्भ गरीएको हो ।
वेलायतस्थित नेपाली राजदुत र माल्टाका लागी गैरआवासिय राजदुत दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा दुतावासका दितिय सचिव लव सुबेधी,स्थानिय मेयर,काउन्सलर,एनआरएन केन्द्रिय सल्लाहकार सोम सापकोटालगायत विभिन्न देशका एनआरएनका पदाधिकारीहरु र यहाँ रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।
नेपाल पर्यटन बोर्ड,बेलायती राजदुतावास र एनआरएनए माल्टाको संयुक्त प्रयासमा भएको कार्यक्रममा नेपालका विभिन्न सम्पदाहरुको फोटोसहितको पोस्टर यहाँका सार्वजनिक बसमा टाँसिएको छ ।नेपालको प्रचारप्रसारमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ पोस्टर टाँसीएको हो ।कार्यक्रमका विच एनआरएन भ्रमण वर्षको लागो अंकित टिसर्ट समेत बितरण गरीएको नविन गिरीले जानकारी दिनु भयो ।
कार्यक्रममा वेलायतस्थित नेपाली राजदुत र माल्टाका लागी गैरआवासिय राजदुत दुर्गा बहादुर सुबेदी, एनआरएनएका केन्द्रीय सल्लाहकार सोम सापकोटा,एनआरएन माल्टाका अध्यक्ष राजु अर्याल लगायतले बोल्नु भएको थियो ।४ दिने माल्टा भ्रमणमा रहनु भएका राजदुतसहितको टोलीले यहाँका बिशिष्ट ब्यक्तिहरु र नेपाली समुदायसँग भेटघाट गर्नु भएको थियो ।





