झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले आजबाट यात्रुबाहक सवारी साधनमा टाईम कार्ड लागू गरेको छ ।
तिव्र गतिका कारण सवारी दुर्घटना बढ्दै गएपछि यसलाई न्यूनिकरण गर्न यात्रुबाहक सवारी साधनहरुमा टाईम कार्ड लागुु गरिएको हो । टाइम कार्ड हाल झापा जिल्लाभरको लागि लागु गरिएको र यो प्रभावकारी भए प्रदेश नं १ भरि नै लागु गर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख होम अधीकारीले बताए । टाईम कार्ड लागु भएपछि समय भन्दा अगावै सवारी साधन तोकिएको स्थानमा आइपुगेमा कार्वाहि हुने उनको भनाई छ ।
टाई काड लागु भएपछि एक अर्काबिच प्रतिस्पर्धा कम हुने भएकाले दुर्घटना समेत कम हुने सवारी चालकहरु बताउछन् । टाईम काड लागु भएपछि दुर्घट्ना समेत न्यूनिकरण हुने चालकको बुझाई छ । टाईम काड लागु भएपछि पूर्वी नाका काँकरभिट्टाबाट छुटेको यात्रुवाहक सवारी साधनले विर्तामोडसम्म आइपुग्न न्यूनतम ३० मिनेट लगाउनु पर्नेछ भने त्यसपछि विर्तामोडदेखि दमक पुग्न ५५ मिनेट लगाउनु पर्नेछ ।
तिव्र गतिको सवारी साधनको गति नियन्त्रण गर्नको लागि राडरगनको प्रयोग गर्दै आएको भएता पनि त्यो प्रभावकारी नभएपछि टाईम कार्ड लागु गरिएको प्रहरीको भनाई छ । चालु आर्थीक वर्षको साउन महिना यता झापामा १ सय ११ वटा सवारी दुर्घटना हुँदा २९ जनाले ज्यान गुमाएका छन् ।





