फागुनको पहिलो साता देखी सुरु हुने ‘सताक्षी गोल्डकप २०७६’ को तयारी शुरु


५ माघ २०७६, आईतवार १६:१८ मा प्रकाशित

झापा । फागुनको पहिलो साता देखी सुरु हुने तेश्रो संस्करणको फुटबल प्रतियोगिता ‘सताक्षी गोल्डकप २०७६’ को तयारी शुरु भएको छ ।

प्रतियोगिताको मुल आयोजक समिति सतासीधाम स्पोटिङ्ग क्लबले आज आईतबार शिवसताक्षी नगरको झिलझिलेमा पत्रकार सम्मेलन गर्दे तयारीको बारेमा जानकारी दिएको हो । फागनु ३ देखी १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा भारतका १ सहित नेपालका ७ वटा टिम सहभागी हुने छन् । स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता माई पश्चिम झापाको पहिचान स्थापित गर्न सक्ने प्रतियोगिता भएको स्थानीयले बताएका छन् ।

यो वर्ष झापामा मेचिनगर गोल्डकप, झापा गोल्डकप र सताक्षी गोल्डकपको समय तालिका अखिल नेपाल फुटब संघ (एन्फा) ले सार्वजनिक गरेको छ । आयोजक समितिका अनुसार एन्फाको समय तालिका अनुसार प्रतियोगिता हुने छ । प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी, रुपन्देही ११, च्यासल फुटबल क्ल, आयोजक झापा र भारतको दार्जेलिङ फुटबल क्लब लगायतले सहभागीता जनाउने मौखिक सहमती भएको आयोजक सतासीधाम स्पोटिङ्ग क्लबका उपाध्यक्ष फुर्वा तामाङ्गले बताए ।

सताक्षी गोल्डकपमा सहभागी जनाउन अन्य ए डिभिजनका टिम पनि उत्साहित छन् तर, तेश्रो संस्करणमा ८ वटा टिमको मात्र प्रतिस्पर्धा हुने उनले बताए । थ्रि स्टार र दार्जेलिङ फुटबल क्लबले सहमती दिएको छ भने अन्य टिमको लिखीत संझौता आउने प्रक्रियामा रहेको तामाङ्गले बताए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउने छ भने उप विजेताले ३ लाख पाउने छ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम ईजमले प्रतियोगिता संचालन गर्न ७६ लाख रुपैयाँको लागत ईष्टिमेट भएको बताए । प्रतियोगिताका म्यान अफ दी सिरिजको पुरस्कार ५० हजार र हाई स्कोरलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तै उत्कृष्ठ मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र वेष्ट कोचको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दी म्याचको ५ हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधी नेपाल पुलिस क्लब र दोश्रो संस्करणको उपाधी त्रिभुवन आर्मीले हात पारेको थियो ।

आयोजक सतासीधाम स्पोटिङ्ग क्लबले तेश्रो संस्करणको प्रतियोगितालाई उत्सवका रुपमा लिएको छ । सरकारको कार्यक्रम सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाईरहदा सताक्षी गोल्डकपमा पनि विदेशी पाहुना दर्शक भएर आउने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here