काठमाडौं । नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रभु बैंक जावलाखेल युथ क्लबलाई २–० ले हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले दुवै हाफमा एक एक गोल गरेको थियो । पुलिसको जितमा सौजन राई र कप्तान सुमन सुवेदीले गोल गरे । २७ औं मिनेटमा सौजनले हेडमार्फत गोल गरेका हुन् । मैदानमा बायाँबाट आएको फ्रिकिकमा सुमनले हेडमार्फत गोल गरेका हुन् । ५ खेल सम्म अपराजित रहेको जावलाखेलले पछिल्ला दुई खेल गुमाएको छ ।
लिगमा पुलिसको यो तेस्रो जित हो । टोलीले २ बराबरी र २ हार बेहोरेको ट । पुलिसको अंक ११ पुगेको छ । जावलाखेको २ जित र ३ बराबरीका साथ ९ अंक छ । आजै लिगमा उपाधि दाबेदारमध्येका दुई टोली मनाङ मस्र्याङ्दी क्ल्ब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः०० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।





