काठमाडौं । बिग ब्यास क्रिकेट लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले पुनः अर्को जित निकालेको छ ।
शनिबार भएको खेलमा पर्थ सोचर्सलाई १० रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङकफ निम्तो पाएको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जवाफमा पर्थ सोचर्सले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रनमा मात्रै बनाउन सक्यो । उसलाई १३१ रनमा रोक्नको लागि बलिङमा निक माडिन्सनले तीन तथा सन्दीप लामिछाने, डानीयल वरल र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।
सन्दीपले चार ओभरमा २९ रन दिएर १ विकेट लिएका हुन् । जितसँगे शीर्ष स्थानको मेलबर्नले ११ खेलमा २० अंक बनाएको छ ।





