भिसा शुल्क वृद्धिसँगै राजस्वमा उल्लेखनीय प्रगति


२७ पुष २०७६, आईतवार १७:५९ मा प्रकाशित

झापा । पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकको संख्यामा तथा भिसा शुल्कमा वृद्धि गरेसँगै राजस्वमा समेत उल्लेखनीय वृदि भएको छ ।

अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को बितेको पाँच महिनामा भिसा जारी गरेवापत ५६ लाख २१ हजार ६६ रुपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को १२ महिनामा कार्यालयले १ करोड २२ लाख ९३ हजार ७ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालय प्रमुख जनक कोइरालाले यसरीनै राजस्व संकलन हुदै गए गतवर्षको तुलनामा चालुआर्थिक वर्षमा राजस्व वृद्धि हुनेमा विश्वास व्यक्त गरे । राजस्वको प्रगतिमा काँकरभिट्टा नाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकको संख्या र भिसा शुल्कमा वृदि नै मुख्य रहेको उनको भनाई छ ।

कार्यालयले दिएको जानकारी अनुसार अध्यागमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ । कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए ३० डलर ३० दिनका लागि ५० डलर र ९० दिनका लागि एकसय २५ डलर लिने गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here