काठमाडौं । विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लबले न्यू डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा आयोजक क्लब न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो । साविक विजेता समेत रहेको एपीएफले लगातार दोस्रो संस्करणका उपाधि उचालेको हो । गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलको पहिलो सेट २५–२० , दोस्रो सेट २५–२३ ले जितेको एपीएफले तेस्रो तथा अन्तिम सेटमा २५–१८ को अंकमा न्यू डायमण्डलाई पराजित गरेको हो ।
उपाधि विजेता एपीएफले ४ लाख १ हजार रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता न्यू डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ पुरस्कार पाउँदा तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो भएको आर्मी ५१ हजार १ सय १ रुपैयाँ पाएको छ ।





