काठमाडौं । नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा उनको जन्म भएको थियो । पृथ्वी नारारायण शाहले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए।
शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले बताए ।
‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो । नेपालको भौगोलिक एकीकरण गरेर महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।
पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौति गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।





