प्रिमियर लिग फुटबल : लिभरपुलले टोटेनहमलाई हरायो


२७ पुष २०७६, आईतवार ११:०७ मा प्रकाशित

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले अग्रता लिएको छ । गएरातिको खेलमा टोटेनहम हट्सपरलाई पराजित गर्दै लिभरपुलले १६ अंकको अग्रता कायम गरेको हो ।

लिभरपुलले टोटेनहम हट्सपरलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको लेस्टर सिटीसंग १६ अंकको अग्रता लिएको हो । पहिलो हाफको ३७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण ३ अंक दिलाए । लिभरपुलले युरोपका शीर्ष पाँच लिग मध्य सबै भन्दा उत्कृष्ट सिजनको सुरुवात गर्ने कीर्तिमान कायम गर्यो । उसले लिगका सुरुवाती २१ खेलमध्य २० खेलमा जित हासिल गर्यो ।

जितसंगै लिभरपुल पछिल्लो ३० बर्षमा पहिलो पटक उपाधि होडमा निकै सहज अवस्थामा आईपुगेको छ । घरेलु टोली टोटेनहम मुख्य फरवार्ड ह्यारी केन बिना मैदान उत्रिएको थियो । सल्यक्रियाका कारण उनी लामो समय मैदान बाहिर रहनेछन् । सन ह्युङ मिनको स्थानमा आएका जियोवानी लो सेल्सोले दोस्रो हाफका गोलको सुन्दर अवसर गुमाएका थिए । टोटेनहमले सुधारिएको प्रर्दशन गरेपनि शीर्ष स्थानको लिभरपुललाई रोक्न सकेन ।

दोस्रो स्थानको लेस्टर सिटी घरेलु मैदानमा साउथह्याम्टनसंग पराजित भएपछि लिभरपुलले तालिकामा ठुलो अग्रता प्राप्त गरेको हो । शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ६१ अंक छ । टोटेनहम ३० अंक सहित आठौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here