उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने नेकपाको निर्णय


२६ पुष २०७६, शनिबार १९:२३ मा प्रकाशित

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेका हुन् । सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने ।’ सभामुख कसलाई बनाउने भन्नेबारे भने तय भइ नसकेको उनको भनाइ छ ।

नेकपामा सभामुख कसलाई बनाउने भन्ने विषयमा भने सहमति भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउनु पर्ने अडान राख्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here