पाँचथर । अवैध रुपमा भित्र्याइएको सिकिम्मे पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३ स्थित राँके बजारमा बरामद गरिएको छ ।
प्रहरी चौकी राँकेबाट खटिएको टोलीले सवारी साधान चेकजाँच गर्ने क्रममा इलामबाट ल्याउँदै गर्दा ४० कार्टुन सिक्किमे बिहिबार बरामद गरेको हो । मे १ ज २९९८ नम्बरको मारुती भेनमा चालक निर्मल तिवारीले ल्याउँदै गरेको ४० कार्टुन अर्थात ४ सय ८० बोत्तल भारतीय रम सिक्किमे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।
गाडी चालक इलाम नगरपालिका ७ घर बताउने निर्मल तिवारी, रम व्यापारी नामसालिङ २ घर भई इलाम नगरपालिका ७ मा डेरा गरी बस्ने मोनिका आचार्य इलाम नगरपालिका वडा नम्बर ७ का डिल्ली घिमिरेलाई नियन्त्रणमा लिइएको छ । कानून बमोजिम बरामदी मुचुल्का तथा पक्राउ पुर्जी समेत दिई हिजै करदाता कार्यालय पाँचथरमा बुझाएको थियो ।
सुरक्षाका साथ थप अनुसन्धान तथा कार्वाहीको लागी आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाइएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।





