सुतेकै ठाउँमा किशोरी बलात्कृत, ५७ वर्षीय गहतराज पक्राउ


२५ पुष २०७६, शुक्रबार ११:०४ मा प्रकाशित

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का स्थानीय ५७ वर्षीय कृष्ण बहादुर गहतराज पक्राउ परेका हुन् ।

गत पौष १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्याल बाट छिरेर बलात्कार गरेको पिडित ती किशोरीले बताएकी छिन् । गहतराजलाई पौष २१ गते पक्राउ गरी यौन दुेव्यवहारमा मुद्धा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

उनको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीलाई विभिन्न प्रलोभनमा पारेर मुद्धा मिलाउन आफूलाई दबाव दिइरहेको बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here