झापा । झापा बुद्धशान्ति ४ मा रहेको पानीघट्टामा डिप बोरिङ्गको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलयको आर्थीक सहयोगमा बुद्धशान्ति ४ को पानीघट्टामा डिप बोरिङ्ग खन्ने कार्यको शिलान्यास गरिएको हो ।
डिप बोरिङ्गको शिलान्यास जनताको समस्यालाई सुनुवाई गर्दै पहल गर्नुहुने झापा क्षेत्र नम्बर १ का सांसद गोपाल चन्द्र बुढाथाकिले गरेका थिए भने शिलान्यास कार्यक्रममा बुद्धशान्ति गाँउपालिका उपाध्यक्ष मिरा भुर्तेल, माथील्लो पानी घट्टा किसान जल उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद पौड्याल, सचिव याम प्रसाद कट्टेल, कोषाध्यक्ष धान्य प्रसाद खतिवडा, जग्गादाता रुद्र बहादुर आलेमगर, वडाध्यक्ष बुद्धिमान लिम्बु, वडासदस्य दुर्गा पाख्रेल ढङ्गेल, नेकपा वडा इन्चार्ज गोपीकृष्ण दाहाल, सहइन्चार्ज रुद्र भण्डारी, श्यामविर लिम्बु, प्रकाश भण्डारी लगायत स्थानीय किसानहरुको उपस्तिथिमा गरिएको थियो ।

डिप बोरिङ्ग शिलान्यास गर्दै कार्यक्रमका प्रमूख अतिथि सांसद बुढाथोकिले डिप बोरिङ्गको काम सफलतापूर्वक सम्पन्नको कामना गर्दै त्याँहाका किसानले अत्यधिक रुपमा पानीबाट भूमि सिञ्चित गरि कृषि उत्पादनमा जोड दिन आग्रह गरे । सांसद बुढाथोकिले तिनैवटा सरकारले कृषिमा विशेष जोड दिएको बताँउदै उत्पादनशिल कृषिक्षेत्रमा लगानी गर्न आतुर रहेको पनि बताए । विशेष अतिथि गाँउपालिका उपाध्यक्ष भुर्तेलले यस्ता कार्यक्रमबाट किसानले बढि भन्दा बढि फाइदा लिन सक्नु पर्ने बताए ।
उपाध्यक्ष भुर्तेलले त्यहाका जमिनमा धानमात्रै नभई बेमौसमी अर्ग्यानिक तरकारी लगायतमा जोड दिई प्रदेशमै खेतीको क्षेत्रमा पूर्वर्कै पर्यटकीय स्थल बन्न सक्ने बताए । वडाध्यक्ष बुद्धिमान लिम्बुले वडाले कृषि क्षेत्रमा लगान बढाउन विभिन्न योजना अघि सारेको बताँउदै युवाहरुलाई कृषिमा आकर्षित हुन आग्रह गरे ।
उक्त ठाँउका ४५ घरपरिवारका करिब ६० विगाह जमिनमा सिँचाईका लागि र कृषिजन्य बालीको उत्पादनमा वृद्धि ल्याउन डिप बोरिङ्ग गरिएको समितिका अध्यक्ष पौड्यालले बताए । उनका अनुसार डिप बोरिङ्गले स्थानीय ४५ घरपरिवार र आसपासका क्षेत्रहरुमा पानीको समस्याको समाधान हुने जानकारी दिए ।
भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलय विराटनगरको १९ लाख ४७ हजार ९ सय ६१ रुपैँया, माथील्लो पानी घट्टा किसान जल उपभोक्ता समितिको ३ प्रतिशत श्रमदान र एवम् आर्थीक ४९ हजार ५ सय ९५ रुपैँया सहयोगमा उक्त डिप बोरिङ्गको काम शुरु गरिएको श्याम कट्टेलले जानकारी दिए ।





