अवैध काठसहित सामुदायीक वनका उपाध्यक्ष पक्राउ


२३ पुष २०७६, बुधबार ११:०६ मा प्रकाशित

कञ्चनपुर । सेक्टर वन कार्यालय वाणीले कञ्जनपुरको कृष्णपुर नगरपालिका–२ बाट अवैध काठसहित मंगलबार राति दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र विष्ट रहेका छन् । वनका अध्यक्षको खोजी भइरहेको र अहिलेसम्म सम्पर्कमा नआएको सेक्टर वन कार्यालयकी प्रमुख सलिना कडालले बताइन् ।

सामुदायीक वनबाट काठ तस्करी भइरहेको सूचनाका आधारमा वन सुरक्षाकर्मीको टोलीले उनीहरुलाई राति २ बजे पक्राउ गरेको हो । फर्निचर उद्योगमा राखिएको ३५ क्युविक फुट काठ बरामद गरिएको छ । बरामद काठका तीनवटा गोलियाको लम्बाई ७ फुट रहेको वन कार्यालयले जानकारी दिएको । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here