इरानको मिसाइल आक्रमणपछि ह्वाइट हाउसको सुरक्षा बढाइयो


२३ पुष २०७६, बुधबार १०:३५ मा प्रकाशित

इरान । इराकस्थित सैन्य शिविरमाथि इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले ह्वाइट हाउसको सुरक्षा बढाएको छ ।

राष्ट्रपति भवन वरपर साविकभन्दा निकै ठूलो संख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी खटिएका छन् । कैयौं चेकजाँच पोष्टहरु खडा गरिएको र त्यहाँ एसल्ट राइफलसहित सिक्रेट सर्भिसका अधिकारीहरु खटाइएको सीएनएनले जनाएको छ ।

उता इरानले आफ्नो भूमीमा एउटै बम खसालेमा दुबई, संयुक्त अरब एमिरेट्स (युएई), इजरायलमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको छ । इस्लामिक रिभोल्युस्‍नरी गार्ड कर्प्सले इराकस्थित अमेरिकी सैन्यवेसमा गरिएको मिसाइल हमलाका विरुद्ध अमेरिकाले जवाफ दिए त्यहीँ छिरेर हमला गरिने चेतावनी समेत दिएको छ ।

इरानले आफ्नो सैन्यवेसमा आक्रमण गरेपछि केहीबेरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीबेरमा सम्बोधन गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here