सुनको मूल्य तोलाको ७६ हजार


२१ पुष २०७६, सोमबार १३:४५ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।आइतबार तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्यमा सोमबार ५ सय बढेर ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

तेजावी सुनको मूल्य पनि ५ सय बढेर ७५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here