नेपाल शैक्षिक परामर्श संघ झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुमन शर्मा


२१ पुष २०७६, सोमबार १६:४१ मा प्रकाशित

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिले आज प्रारम्भीक घोषणा सभाको आयोजना गर्दै झापा जिल्ला नेतृत्व चयन गरेको छ ।

आज झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबिच संस्थाले जिल्ला नेतृत्व चयन गरेको हो । प्रारम्भीक घोषणा सभाबाट ९ सदस्य चयन भएका छन् । जसअनुसार नेपाल शैक्षिक परामर्श संघ झापाको अध्यक्षमा सुमन शर्मा जमरकट्टेल, उपाध्यक्षमा मिलन ओली, सचीव मदन बुढाथोकी, कोषाअध्यक्ष राजकुमार कार्की रहेका छन् ।

त्यस्तै सदस्यहरुमा लक्ष्मीकान्त खनाल, अशोक भण्डारी, अनिल सापकोटा, नविन कुमार शिवाकोटी र खगेन्द्र भण्डारी रहेका छन् । नवगठित सदस्यहरुलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्दीय अध्यक्ष बिष्णुहरि पाण्डेले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नेपालमा २३ वर्षदेखि सञ्चालित इक्यानले विदेशी सहयोग लिएर शैक्षिक परामर्श सेवा प्रदान गर्नु हुँदैन भन्ने मान्यता राख्दै आएको छ । संघका केन्दीय अध्यक्ष विष्णुहरि पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन महासचिव शेषराज भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here