काठमाडौं । चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो चरणको खेलमा नोटिङघम फोरेस्टलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा प्रवेश गरेको हो । चेल्सीको जितमा कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरेका थिए ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा सातौं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए ।





