गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्छः पूर्व महामन्त्री सिटौला


२१ पुष २०७६, सोमबार ११:२९ मा प्रकाशित

धनकुटा । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस अघि बढ्नुपर्ने बताएका छन् ।

धनकुटाको मौनाबुधुकमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन चौबिसे गाउँपालिका, सहिदभूमि र साँगुरीगढी गाउँपालिका समितिको संयुक्त पदास्थापन कार्यक्रममा बोल्दै कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले पार्टी एक बनाएर सबै कांग्रेसीजनको भावना बोकेर हिड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरे । बोलेको अधिकांश समय पार्टी सभापतिलाई सम्झाउन तथा आग्रह गर्न समय खर्चिएका सिटौलाले लोकतन्त्र र संघीयता जोगाउने बेलामा कांग्रेस आफ्नो किचलो फस्नु दुःखद रहेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले साथी रिझाउने नाममा पार्टी नेतृत्वले पार्टी कमजोर बनाएको बताए । उनले प्रदेश संसदले गर्ने काम नेकपाको सचिवालयले गरेकोले नेकपा अधिनायकवाद तिर लागेको बताए । उनले नेपाली सेना नमानेका कारणले मात्रै सरकारले चलाउन नसकेको र त्यो बाहेक सबै सरकारले चलाएर तहसनहस बनाएको बताउँँदै सरकार काण्डैकाण्डमा मुछिएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here