क्रियाकलापमा आधारीत सिकाई सम्बन्धी ३ दिने तालिम सम्पन्न


२० पुष २०७६, आईतवार १८:५४ मा प्रकाशित

झापा । क्रियाकलापमा आधारीत सिकाई सम्बन्धी ३ दिने तालिम आज झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको साङ्गवेद संस्कृतिक विद्यालयमा संचालित ३ दिने तालिम आज सम्पन्न भएको हो । बिर्तामोड नगरपालिका भित्र रहेका ४९ वटै बालविकासका प्रतिनिधिहरुलाई तालिम दिइएको तालिमका प्रशिक्षक अर्जुन भट्टले जानकारी दिए। तालिममा सहभागीहरुलाई बालविकासका विद्यार्थीहरुलाई कस्तो शिक्षा आवश्यक छ र कसरी सिकाईलाई प्रभावकारी बनाउने भन्ने सन्दर्भलाई विशेष महत्व दिइएको उनले बताए ।

तालिममा ४९ जनाको सहभागिता रहेको थियो । गतवर्ष मंसिर महिनामा पनि क्रिायाकलापमा आधारीत सिकाई सम्बन्धी १० दिने तालिमको संचालन गरिएको थियो । सोही तालिममा सिकाइएका कुराहरुलाई थप प्रभावकारी बनाउन यस वर्ष पनि तालिमको आयोजना गरिएको प्रशिक्षक भट्टले बताए ।

समापन कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा प्रभावकारी ढङ्गबाट लागु गर्न सहभागिहरुलाई आग्रह गरेका थिए । बालबालिकाले विद्यालयमा जे सिक्छ त्यो नै व्यवहारमा लागु गर्ने भन्दै नगर प्रमुख शिवाकोटीले बालबालिकाको भविष्य शिक्षकको हातमा भएको बताए । तिन दिने तालिमको सहजिकरण अर्जुन भट्ट र कमला देवकोटा भट्टले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here