बिर्तामोडमा १० रुपैयाँमा शुद्ध शाहाकारी खाना


१७ पुष २०७६, बिहीबार १६:१३ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा १० रुपैयाँमा शुद्ध शाहाकारी खाना पाइन थालेको छ ।

बिर्तामोड नगरपालिका वडा नं ५ घर भएका प्रविन अग्रवाल तथा उहाँका २ दाजुभाई मनोज र पुरुसोत्तम अग्रवालले १० रुपैयाँमा खाना खुवाउने अभियानको आजबाट शुरुवात गरेका हुन् । हरेक दिन बिहान ९ बजे देखि १२ बजेसम्म खाना खुवाइने अभियानकर्मी अग्रवालले बताए ।

अभियान कम्तिमा १ महिनासम्मन संचालन हुने र त्यसपछि सहयोगि दाताहरु थपिने क्रम बढ्दै गए अझै केहि दिन खाना खुवाइने उनले बताए । उनका अनुसार आज पहिलो दिन नै करिब ३ सय जनाले खाना खाएका छन् ।

बढ्दो महङ्गीका कारण आम सर्वसाधारणले खाना समेत किनेर खान नसक्ने अवस्था र्सिजना भएको भन्दै एक छाक भएपनि खाना खानबाट कोहिपनि बन्चित हुन नपरोस भन्ने उदेश्यले यो अभियान शुरु गरिएको अग्रवालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here