काठकाडौं । बिहिबार राष्ट्रिय पोशाक दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित केही वर्ष यता पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो । सातौ राष्ट्रिय पोशाक दिवसका अवसरमा काठमाडौंको माइतिघरबाट सद्भाव र्याली निकालिएको थियो ।
‘मेरो शान मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षरण महाअभियान’ भन्ने मूल नाराकोसाथ उनीहरु सास्कृतिक पहिचान सहितको पोशाकका साथ र्यालीमा सहभागी भएका थिए ।





