नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जना पक्राउ


१६ पुष २०७६, बुधबार १३:४८ मा प्रकाशित

कैलाली । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित नेशनल गेष्ट हाउसबाट नक्कली सुनलाई सक्कली सुन भनी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बझाङ बुङ्गल नगरपालिका–१ बस्ने ३४ वर्षीय शंकर बोहरा, भारत पिलिभित राघुपुरी गाउँ चौकी बजार घर भएका १९ वर्षीय मिख्खु भन्ने मुक्तियार सिंह र सोही स्थान घर भएका ३२ वर्षीय मितु भन्ने मंजित सिंह रहेका प्रहरीले जनाएको छ । उक्त गेष्ट हाउसमा अवैध सुनको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउसको कोठा नम्बर ७ खानतलासी गर्दा लुकाई छिपाई राखेको ३ वटा बिस्कुट आकारमा रहेको २ केजी ४ सय ग्राम नक्कली सुन फेला पारी शंकर बोहरालाई पक्राउ गरेको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा बोहरासँग कारोबारमा संलग्न रहेका मुक्तियार सिंह र मंजित सिंह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here