इरानले ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी


१६ पुष २०७६, बुधबार १३:३८ मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

इराकमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् । अमेरिकाले गरेको हवाई आक्रमणमा इरानको साथ पाएका इराकी लडाकुहरुको मृत्यु भएपछि आक्रोसित प्रदर्शनकारीले इराकमा रहेको अमेरिकी दूतावासमा तोडफोड गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भौतिक या मानवीय क्षतिको अति ठूलो मूल्य चुकाउनु पर्ने भन्दै इरानलाई चेतावनी दिएको समाचारमा जनाइएको छ । तर इरानले भने ट्रम्पको आरोपको निन्दा गरेको छ । अमेरिकाले इरानको साथ पाएका कातिब हेजबुल्लाह समूहका लडाकुमाथि हवाई आक्रमण गरेको थियो ।

इराकको पश्चिमी तथा इरानको पूर्वी क्षेत्रमा रहेका कातिबका अखडाहरुमा अमेरिकाले निशाना बनाएको थियो । आक्रमणमा परेर २५ लडाकु मारिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here